
सरस्वती ठकुरी
धादिङ, कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले आयोजना गरेको दशैं तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा (नेकपा) धादिङका मुख्य नेताहरु नै आएनन् ।
नेकपा एमाले र माओवादी केन्द्र पुनरगठन भै बनेको नेकपा धादिङले आयोजना गरेको पहिलो सार्वजनिक कार्यक्रममा नै मुख्यनेताहरु राजेन्द्र पाण्डे, पुष्पविक्रम मल्ल, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, रामबहादुर भण्डारी, शम्भु थापा लगायतका नेताहरु आएनन् ।
दशैं अघि बसेको भनिएको नेकपा धादिङको बैठकमा केहि नेताहरुले प्रदेश पदाधिकारी उपस्थित नभएको र जिल्लाको अध्यक्ष माथिल्लो कमिटिले टुङ्ग्याई नसकेकोले बैठकलाई औपचारिता दिन नहुने एकताको भाव जाने गरि नेकपाको कार्यक्रमलाई अगाडी बढाउनु पर्ने माग राखेका थिए । तर उनीहरुको मागलाई व्यवस्था गर्दै विभिन्न निर्णय गर्दै वैठकलाई औपचारिकता दिए सँगै केहि नेताले नोटअफ डिसेन्ट जनाएर वैठकबाट बाहिरिएका थिए ।
बाहिर नआएपनि यहि कारण मुख्य नेताहरु शुभकामना आदान प्रदानमा नआएको हुनसक्ने एक नेकपा नेताले बताए ।
शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा स्थायी कमिटी सदस्य तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प राज कडेंलले मुलुकलाई आर्थिक समृद्धिका लागि सबै कोणबाट राम्रो रहेको भन्दै सरकारले त्यहि अनुरुप योजना बानाएको बताएका थिए ।
भूमि त्रिपाठीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा खेम लोहनी, शालिकराम जम्कटेल, जगत सिंखडा, डा.राम कुमार अधिकारी, जगतनाथ नेपाल, नेपाली काँग्रेस धादिङका नेता रामनाथ अधिकारी रमेश धमला, प्रमुख जिल्ला अधिकारी भागीराथ पाण्डे, प्रहरी उपरिक्षक डम्वर वि.क, उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष वोदनाथ दुवाडी लगायतको आतिथ्यता रहेको थियो ।
