
धादिङ कार्तिक २ । अधिकांश नेपालीहरुले आज विजय दशमीको दिन टिकासँगै जमरा लगाए । यो क्रम आशिर्वाद ग्रहण गर्ने पूर्णिमाको दिन सम्म जारी रहन्छ । जमरा शिर वा कानमा लगाउँदा मात्र फाईदा होइन यसलाई हामीले जुस बनाएर खान सक्यौ भने हाम्रो स्वास्थ्यका लागि अमृत समान हुन्छ । जमराको जुस स्वास्थ्यका लागि फाईदा छ भनेर अधिकाँशलाई थाहा पनि छ तर थोरैले मात्र जमराको जुस सेवान गरेको पाईन्छ ।
धादिङबेसीमा पनि पहिलो पटक होलिस्टिक हेल्थ प्रालिले जमराको जुस वितरण सुरुगरेको छ । व्यवसायीक रुपमा भन्दा पनि आम मान्छेलाई जुसको महत्व बुझाउन र घरमै जमराको जुस बनाएर सेवन गर्न आफुले जमराको जुस वितरण गर्न सुरु गरेको होलिस्टिक हेल्थका प्रोपाईटर शुशिला रिजालले बताईन् ।
आज हामी यहि जमराको जुस नियमित खान सके मानव शरीरलाई चमत्कारीक रुपमा गर्ने फाईदा फाईदा बारे चर्चा गर्ने कोशिषमा छौं ।
१. प्राकृतिक रुपमा उर्जा दिन्छ स् स्वास्थका दृष्टिकोणले निकै फाइदाजनक मानिएको यो जुसले प्राकृतिकरुपमा उर्जा प्रदान गर्छ । यो एमिनो एसिडको मुख्य स्रोत हो, जुन शरीरमा प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ । अण्डा, मासु जस्ता खाद्य पदार्थ खादाँ त्यसलाई प्रोटिनमा परिणत गर्नुपुर्व पहिले एमिनो एसिडमा परिणत गर्न जरुरी हुन्छ । तर, यो जुसमा पहिले नै एमिनो एसिड हुने भएकाले शरीरले त्यसलाई टुक्राउन आवश्यक पर्दैन । कुनै पनि फलफूल वा तरकारीको जुसमा २ देखि ४ चम्पा उमारेको गहुँको धुलो मिसाएर खाएमा त्यसले शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ ।
२. रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ स् शरीरका लागि रोग प्रतिरोधात्मक क्षमता जरुरी हुन्छ । यसले तपाईको शरीरलाई विभिन्न रोगसित लड्ने क्षमता प्रदान गर्छ । गहुँको जुसले तपाईलाई रोगसित लड्न अझ धेरै उर्जा प्रदान गर्छ । त्यतिमात्र हैन, यसले तपाईको शरीरमा भएका कोषिकाहरुलाई बलियो बनाउनुका साथै कलेजोमा जमेर बसेका विषाक्तहरुलाई नष्ट गरी जसले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याई रोग लाग्ने सम्भावना बढाएर लैजान्छ ।
३. मोटोपना हटाउँछ स् मधुमेह, मुटु रोग लगायतका विभिन्न खाले गम्भीर रोग लाग्नुको पछाडी मोटोपना मुख्य कारक मानिन्छ । शरीरबाट अतिरिक्त बोसो हटाउन तथा शरीरको तौललाई सन्तुलनमा राख्न गहुँको जुस सेवन गर्नु उपयुक्त मानिन्छ । गहुँको रसमा सेलेनियम नामक तत्व हुन्छ, जुन शरीरको तौललाई सन्तुलनमा राख्ने तत्व, थाइराइड ग्रन्थीको परिचालनको लागि आवश्यक छ । अस्वस्थ थाइराइड ग्रन्थीले शरीरमा हर्मोनको गडबढी गरी मोटोपना बढाउँछ ।
यसमा पोटासियम पाइन्छ । जसले शरीरमा पानी मात्रालाई कायम राख्न मद्दत गर्छ । गहुँको जुस सेवन गर्दाले भोक कम लाग्ने हुँदा यसले तपाई हामीलाई अस्वस्थ्यकर खाना खानबाट जोगाउँछ । यसले शरीरको मेटाबोलिज्म ९खानालाई शक्तिमा परिणत गर्ने प्रकृया० बढाउँछ, जसले शरीरमा भएको अतिरिक्त क्यालोरी हटाउँछ । बिहान सबेरै खाली पेटमा यो रसको सेवन गर्नाले तपाईलाई दिनभरि अतिरिक्त खाना खानबाट जोगाउँछ ।
४. रगतमा चिनीको मात्रा कायम राख्छ स् प्रत्येक दिन गहुँको जुस सेवन गर्नाले तपाईको रगतमा चिनीको मात्रालाई सुचारु गर्न सघाउ पुर्याउँछ । यसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रामा सुधार गर्छ, जसले मधुुमेहलाई सन्तुलित राख्न मद्दत गर्छ । यसले पाचन प्रणालीमा सुधार ल्याई पेटलाई खाना पचाउने प्रक्रियाबाट राहत दिन्छ, जसले गर्दा मधुमेहका लागि आवश्यक पर्ने इन्सुलिनका उत्पादन गर्न सघाउ पुर्याउँछ । यसले प्याङक्रियाज तथा कलेजोको विषाक्त हटाई अप्रत्यक्ष रुपमा मधुमेह सन्तुलनमा राख्न मद्दत पुर्याउँछ ।
५. मुटुमा लाभदायक स् प्रत्येक दिन गहुँको रसको सेवन गर्नु मुटुका लागि स्वास्थ्यकर मानिन्छ । यसमा भएको क्लोरोफिलले मुटुका धमनी ९आर्टरी० कडा हुने समस्या तथा उच्च रक्तचापको समस्याको उपचार गर्नमा मद्दत गर्छ । यसमा अक्सिजनको मात्रा उच्च हुने र रक्तनलीलाई सफा गर्ने क्षमता भएकाले यसलाई प्रभावकारी पनि मानिन्छ । यसले रक्तनली शुद्ध गरी साघुँरो हुनबाट जोगाएर रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले उच्च कोलस्ट्रोरलाई नियन्त्रणमा राख्छ । पढिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गर्न नभुल्नुहोला ।

