
धादिङ असोज ३१ । धादिङबेसी सदरमुकाम देखि नजिक पर्ने पर्यटकीय र साँस्कृतिक रुपमा हेरिने गरेको भैरवी मन्दिर परिषरमा स्थानियहरुले प्रतिक्षालय बनाएका छन् ।
तीन तिर भीर रहेको नीलकण्ठ नगरपालिका वडा नं. ६ सुनौलाबजार स्थित भैरवी मन्दिर परिषरमा प्रतिक्षालय नहुँदा भक्तजन आन्तररिक तथा वह्य पर्यटकहरुलाई अफ्यारो परिरहेको अवस्थामा स्थानियहरुले प्रतिक्षालय निमार्ण गरेर महत्वपूर्ण काम गरेको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले बताए ।

विजय दशमीको फुलपातीको दिन प्रतिक्षालय उद्घाटन गर्न पुगेका पाण्डेयले स्थानीयहरुको सक्रियता प्रशंषनिय रहेको बताएका थिए ।
स्थानियहरुले सकेको सहयोग संकलन गरेर उठाएको नगद १ लाख लगानिमा प्रतिक्षालय निमार्ण गरिएको प्रतिक्षालय निमार्ण उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए ।
प्रतिक्षालय उद्घाटन कार्यक्रममा प्रहरी उपरिक्षक डम्बर बहादुर विक, लक्ष्मण रम्तेल लगायतको आतिथ्यता रहेको थियो ।
