
सरस्वती ठकुरी
धादिङ असोज ३० । दश वर्षिय जनयुद्धको समयमा तात्कालिन माओवादी चलाएको प्रगतिशिल विवाह अन्तरगत जनवादी विवाहले ठुलै स्थान पाएको थियो । तात्कालिन माओवादी भित्र मात्र हैन जनता स्तर सम्म पनि लोकप्रिय हुँदै गएको जनवादी विवाह जव माओवादी शान्ति प्रक्रियामा आयो तव ओझेलमा पर्यो ।
जनवादी रुपान्तरण र साँस्कृतिक विचलनको उत्कर्षमा पुगेको तात्कालिन माओवादी र एमाले हाल नेकपामा रुपान्तरण भएका छन् । यहि नेकपा धादिङका तल्लो कमिटिका दुई सदस्यहरुले पार्टीलाई नै चुनौति दिने गरि जनवादी विवाह गर्ने पस्ताव गरे ।
त्रिपुरासुन्दरी गाउँपालिका अन्तरगत आगिञ्चोक निवासी त्रिपुरासुन्दरी गाउँकार्य पालिमा सदस्य हरि बिश्वकर्मा र त्रिपुरासुन्दरी गाउँकार्य पालिका सदस्य पार्वती विश्वकर्माले सोमबार जनवादी विहे गरेका हुन् ।
नेकपा त्रिपुरा सुन्दरी गाउँपालिकाले आयोजना गरेको उक्त जनवादी विहेमा नेकपा धादिङका नेता तथा जिउँदा सहिदका रुपमा चिनिने रामबहादुर भण्डारी, नेता दिपक विश्वकर्मा लगायतले खादा माला ओढाएर बधाई एवम् दामपत्य जिवानको शुभकामना दिएका थिए ।

