संकटमा कपडा उद्योग, दुई सय उद्योग बन्द गर्ने घोषणा

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

काठमाडौं, असोज २९ । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।

संकटमा कपडा उद्योग, दुई सय उद्योग बन्द गर्ने घोषणाकाठमाडौं, असोज २९ । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।

मूल्य अभिवृद्धि कर (भ्याट) मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।

कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदै आएकोमा सरकारले आर्थिक वर्ष ०७५ र ७५ को बजेटबाट यो व्यवस्था हटाउने निर्णय गरेको थियो । कटन कपडाको भ्याट शतप्रतिशत समायोजन र सेन्थेटिक कपडा उद्योगले ७० प्रतिशत भ्याट फिर्ता पाउँथे ।

सरकारले दिँदै आएको सहुलियत पूर्ण रुपमा हटाएपछि विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था भएकाले बन्द गर्ने निर्णयमा पुगेको नेपाल कपडा उद्योग संघले जनाएको छ ।

संघका अनुसार मुलुकमा १० अर्ब रुपैयाँको लगानीमा करिब दुई सय कपडा उद्योग सञ्चालनमा छन् । कपडा उद्योग संकटमा परेका सबै उद्योग बन्द गर्ने निर्णयमा पुगेको संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए ।

आयातित मोबाइलसँग तुलना गरेर सरकारले कपडा उद्योगलाई दिँदै आएको सुविधा कटौती गर्नु दुर्भाग्यपूर्ण भएको उद्योगीको गुनासो छ। संघले कात्तिक १५ गतेसम्मको लागि समय सीमा तोकेको छ। ‘कात्तिक १५ सम्म समस्या समाधान भए उद्योग पूर्ण रुपमा बन्द गर्छौं,’ अध्यक्ष प्रधानले भने । उद्योगीले विगतमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका छन् ।

कपडा उद्योगीको समस्या समाधान गर्न सरकारले गत साउन १५ गते अर्थ मन्त्रालयका सह–सचिव हरिशरण पुडासैनीको संयोजकत्वमा समिति गठन गरे पनि अहिलेसम्म प्रतिवेदन बुझाएको छैन । सरकारले नीतिगत सुधाका लागि सुझाव पेस गर्न बनेको कार्यदल पनि निष्क्रिय जस्तै भएपछि बाध्य भएर अप्रिय निर्णय गरेको संघले जनाएको छ ।