विमान दुर्घटना हुँदा एक बालीका सहित तीनको मृत्यु

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

एजेन्सी, असोज २९ । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।

एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन् । विमान चालक भने सामान्य घाइते भएका छन् । विमानस्थलबाट विमानले उचाई लिने क्रममा एक्कासी खसेको बताइएको छ । मौसम सफा भएकै अवस्थामा विमान दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।