भलिबल र टग अफ वारमा उत्तम भट्ट र अमृत तामाङ चयन

Avatar photo
Dhadingpost
अशोज २८, २०७५



सरस्वती ठकुरी
धादिङबेसी असोज २८ ।
धादिङको खेलकुदको विकासका लागि दुई नयाँ तदर्थ समितिहरु गठन भएका छन् ।

धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल विद्यालय भलिबल कमिशन धादिङको अध्यक्षमा उत्तम भट्ट र राष्ट्रिय टग अफ वार (तान डोरि संघ) को अध्यक्षमा अमृत तामाङ चयन भएका हुन् ।

प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीको सभापतित्व निजी विद्यालय अर्गनाईजेशन नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गाना, विद्यालय भलिबल कमिशनका केन्द्रिय सल्लाहकार थकिन कुमार गुरुङ र जिल्ला खेलकुद विकास समिति धादिङ कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठ विशेष आतिथ्यतामा आयोजित भेलाले धादिङको खेलकुद क्षेत्रको विकासको लागि थप दुई तदर्थ समिति बनाईएको थियो ।

नेपाल विद्यालय भलिबल कमिशन तर्फ बनेको तदर्थ समिति

अध्यक्ष- उत्तम भट्ट एड्भान्स एकेडेमी
उपाध्यक्ष– विकास कोइराला न्यु किबो बोर्डिङ स्कुल
सचिव- चेतनारायण श्रेष्ठ, भैरवी मावि सुनौला बजार
कोषाध्यक्ष- जयराम ढुङ्गाना बागेश्वरी प्रावि
सदस्यहरु
सोमब. श्रेष्ठ, ब्राइट फ्यूचर ई.बो.
कृष्ण श्रेष्ठ, धुनीबेसी ई.बो.
नविन श्रेष्ठ, चिल्ड्रेनपार्क बोर्डिङ
दिपेन्द्र रिजाल, नीलकण्ठ उच्च मावि
हिरालाल श्रेष्ठ, मुनाल एकेडेमी
तोयाराज पौडेल, राइजिङ भिलेज
शैलेष अधिकारी, धादिङ बोर्डिङ
प्रकाश पौडेल, सुनगाभा एकेडेमी
सुर्यकिरण भट्टराई, राइजिङ स्टार

राष्ट्रिय टग अफ वार (तान डोरि संघ) को तदर्थ समिति

अध्यक्ष- अमृत तामाङ, एड्भान्स एकेडेमी
उपाध्यक्ष- राजेन्द्र राना, नीलकण्ठ मावि
सचिव उदय लामिछाने, न्यु किबो बोर्डिङ स्कुल
कोषाध्यक्ष- गोकर्ण अधिकारी, सुनगाभा एकेडेमी

सदस्यहरु
अपिल कोइराला, धादिङ बोर्डिङ
निर्माण गोपाली, चिल्ड्रेनपार्क
हिरालाल श्रेष्ठ, मुनाल एकेडेमी
सन्देश दुवाडी, पाविल हिमाल ई.बो.
यशोधा सिलवाल, ब्राइट फ्रुचर ई.बो.
अनिल पाठक, धुनीबेसी ई.बो.
कृष्ण कार्की, सक्सेस एकेडेमी