सरस्वती ठकुरी
धादिङबेसी असोज २५ । धादिङ समाज यूएईले धादिङ जिल्लाका सबै स्वास्थ्य संस्थाहरुलाई नेबुलाईजर हस्तान्तरण गरेकाे छ ।
स्वास प्रस्वासमा समस्या भएका विरामिलाई अत्यावश्यक मानिने नेबुलाईजर धादिङबेसिमा एक विशेष कार्यक्रम गरि समाजले स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेकाे हाे ।
दम र निमुनियाका बिरामीले स्थानिय स्तरमै सेवा प्राप्त गर्न सकुन्, नेबुलाईजर नभएकै कारण कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ नेबुलाईजर प्रदान गरिएकाे समाजका अध्यक्ष योगेन्द्र थापाले बताए ।
नेबुलाईजर हस्तान्तरण गरियाे अब चिन्ता प्रयाेगमा ल्याईन्छ वा कतै थन्क्याएर राखिन्छ भन्ने हाे यसकाे अनुगमन र फलाेअपका लागि अध्यक्ष थापाले संचार कर्मिलाई आग्रह गरेका थिए ।
यसका साथै यो मेसिन कसरी प्रयोग गर्ने र कति वषको मानिसका लागी कुन विधि अपनाउने भन्ने बारेमा पनी सिकाउनु भएको थियो ।
दुबई मा रहेका धादिङगेहरुले चन्दा संकलन गरेर विभिन्न क्षेत्र र बिरामी, असाह्य, गरिबहरुलाई निरन्तर सहयाेग गर्दै अाउने क्रममा याे पछिल्लाे चरण धादिङका सबै ९० वटा स्वास्थ संस्थालाई नेबुलाईजर हस्तान्तरण गरेकाे हाे ।
समाजका अध्यक्ष योगेन्द्र थापाकाे सभापतित्वमा मा भएकाे नेबुलाईजर हस्तान्तरण कार्यक्रममा ३ नम्बर प्रदेशका मन्त्री शालिकराम जमकट्टेल, जिल्ला समन्यव समितिका अध्यक्ष जगनाथ नेपाल, गाउँ पालिका प्रमुख प्रतिनिधी, स्वास्थ्य प्रमुख गाउँपालिका, धादिङमा कृयाशिल पत्रकारहरुकाे अातिथ्याता रहेकाे थियो ।
