रेडक्रस भवन निमार्णको लागि जग्गा दान

Avatar photo
Dhadingpost
अशोज २५, २०७५

धादिङ असोज २५ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वर्डा नं. ३ स्थित नेपाल रेडक्रस सोसाइटी सेमजोङ उपशाखाको भवन निर्माण गर्न जग्गा दान प्राप्त भएको छ ।

नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङका स्थानिय बहादुर सिंह तामाङले करिब २ लाख बराबरको ३ आना जग्गा रेडक्रस भवन बनाउनका लागि जग्गा दान गरेका हुन् ।

सेमजोङ निवासी बहादुर सिंह तामाङले रेडक्रस उपशाखाको भवन बनाउन जग्गा धनी पुर्जा समेत रेडक्रसको नाममा पास गरि सक्नु भएकोले भवन निमार्ण गर्न जग्गाको चिन्ता टरेको सेमजोङबाट प्रेम तामाङले बताउनु भयो ।