साउदी पत्रकार जमाल खशोगीलाई बेपत्ता

Avatar photo
Dhadingpost
अशोज २५, २०७५

काठमाडौँ, असोज २५ । साउदी पत्रकार जमाल खशोगीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै टर्कीका सञ्चारमाध्यमले सीसीटीभी दृश्य सार्वजनिक गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार इस्तानबुल विमानस्थलका ती दृश्यमा साउदी अरेबियाका सम्भावित गुप्तचरलाई टर्की प्रवेश गरेको र छोडेको देखिन्छ ।

पहिला राम्रो सम्बन्ध भएपनि पछि साउदी राजपरिवारको कटु आलोचक बनेका पत्रकार खशोगी टर्कीस्थित साउदी वाणिज्य दूतावासबाट गत अक्टोबर २ देखि बेपत्ता भएका बताइको छ ।

त्यस भिडिओमा काला भ्यानसमेत केही गाडीहरू साउदी वाणिज्य दूतावाससम्म गएको देखिन्छ । यिनै दृश्य अनुसन्धानको केन्द्रविन्दुमा रहने विश्वास गरिएको छ ।

टर्कीका अधिकारीहरूले खशोगीको हत्या भएको बताएका छन् । तर साउदी अरेबियाले त्यसको खण्डन गरेको छ ।

सुरक्षा निगरानीका लागि राखिएको एउटा क्यामेराबाट खिचिएकोजस्तो देखिने एउटा भिडिओ टर्कीको टीआरटी वर्ल्ड च्यानलले प्रसारित गरेको छ ।