भारतमा इन्धनको मूल्यमा लगातार वृद्धि

Avatar photo
Dhadingpost
अशोज २२, २०७५

एजेन्सी, असोज २२ । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य aसोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।

सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भा.रु. २.५० ले कटौती गर्ने घोषणा गर्नुभएको थियो । उहाँले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गर्नुभएको थियो ।

नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा।रु। ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ । मुम्बईमा पेट्रोलको मूल्य भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको छ ।