कतै तपाइँलाई थाईराइड त भएको छैन ? यस्ता छन् लक्षण

Avatar photo
Dhadingpost
अशोज २१, २०७५

असोज, २१ । तपाईँलाई थाइराइड के हो भन्ने लाग्ला ? यो एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ ।

यो ग्रन्थीले थाइरोक्सिन (टी–३० र ट्राइआयोडो थाइरोनीन ) टी–४० हर्मोन उत्पादन गर्ने काम गर्छ । थाइराइडको मुख्य काम शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्नु नै हो ।

यसले शरीमा यत्ति ठूलो भुमिका खेल्छ कि, जसले हाम्रो शरीरको गति नै नियन्त्रणमा राख्छ । शरीरमा गडबडी भएमा अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्नु नै यसको मुख्य भूमिका हो ।

हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ । यसलाई तपाईँले थाहा पाईराख्नु पर्ने हुन्छ ।

अनि एउटा कुरा ख्याल राख्नु । तपाईँलाई मधुमेह भएको छ वा कसैलाई भएको छ भने मधुमेहको बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नु पर्ने हुन्छ ।

कहिलेकाहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुने बित्तिकै मधुमेह पनि आफै निको भएर जाने हुन्छ ।

अब थाईराडलाई कसरी चिन्ने त ? हेर्नुहोस् तल उल्लेख गरिएका बुँदाहरु थाईराडका लक्षणहरु हुन् । यदि ती लक्षण देखा परेमा थाईराड भएको हुन सक्छ ।

लक्षणहरु

१. धेरै मोटाउने वा दुब्लाउने

२. धेरै जाडो वा गर्मि महशुस हुने

३. मुटुको धड्कन छिटो छिटो चल्ने

४. घाटी सुन्निने

५. कब्जियत हुने वा धेरै दिशा लाग्ने

६. महिनावारी गडबड हुने

७. काम गर्न गाह्रो वा अल्छी लाग्ने

८. कपाल धेरै झर्ने

९. छाला सुख्खा हुने र नङ भाचिने

१०. आँखा हेर्न असजिलो हुने

११. शरीरको तापक्रम बढ्ने

१२. भोक बढी लाग्ने तर दुब्लाउने

१३. मन आत्तिने

१४. मानसिक तनाव बढी हुने