५.९ म्याग्निच्युडको भूकम्प जाँदा १० जनाको मृत्यु

Avatar photo
Dhadingpost
अशोज २१, २०७५

एजेन्सी, असोज २१ । अफ्रिकी मूलुक हाइटीमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

हाइटीको उत्तरी क्षेत्रमा भूकम्प गएको हो। भूकम्पले कयौं संरचनाहरु भत्काएको बताइएको छ। यद्यपी सम्पूर्ण विवरण भने आइसकेको छैन् ।

घटनापछि राष्ट्रपति जोभिनेल मोइसले आफ्ना नागरिकलाई संयम भएर बस्न आग्रह गरेका छन्। यसअघि हाइटीमा सन् २०१० मा शक्तिशाली भूकम्प जाँदा २ लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।