भारतविरुद्ध नेपाल १–० गोलले अघि

Avatar photo
Dhadingpost
अशोज १९, २०७५

काठमाडौं, असोज १९ । साफ यु–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ ।

भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ ।

भारतभन्दा नेपालले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरिरहेको छ । नेपाल र भारतबीचको विजेताले फाइनलमा उपाधिको लागि आयोजक भुटान र बंगलादेशको विजेतासँग खेल्नेछ ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा जारी खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी हुन् । उनले खेलको १५ औं मिनेटमा नै किपरलाई छक्याएर गोल गरेकी थिइन् ।