चार देशीय एसियाली भ्रमणमा निस्कदै

Avatar photo
Dhadingpost
अशोज १७, २०७५

एजेन्सी, असोज १७ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ताका लागि अर्को हप्ता पियोङग्याङ जाने मंगलबार उनका प्रवक्ताले बताएका छन् ।

साथै उनले अक्टोबर ७ र ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जेई इन र विदेशमन्त्री काङ क्योङ वाहलाई भेट गर्ने छन् । त्यस्तै अक्टोबर ८ मा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा वैश्विक मुद्दाका बारेमा छलफल गर्ने तय भएको छ ।

चार देशीय एसियाली भ्रमणमा निस्कने पोम्पियो अक्टोबर ६ देखि ८ सम्म जापान, दक्षिण कोरिया र चीनमा पनि जाने बताइएको छ । अक्टोबर ६,७ को बीचमा पोम्पियोले जापानका प्रधानमन्त्री सिन्जो आवे र विदेशमन्त्री तारो कोनोलाई भेट गर्ने छन् भने अक्टोबर ७ मै उत्तर कोरियाली नेता किमलाई पनि भेट्ने विदेशमन्त्रालयका प्रवक्ता हेथर न्योर्टले पत्रकार सम्मेलनमा बताए ।