काठमाडौं, असोज १७ । विश्वकप २०–२० एसिया कप उप–क्षेत्रिय छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारको सामना गर्दै छ ।
बुधबार मध्यान्ह १२ बजे सुरु हुने खेलमा नेपालले म्यानमारसँग खेल्न लागेको हो। प्रयोगितामा नेपालसहित, आयोजक मलेसिया, चीन, सिंगापुर, भुटान, थाइल्यान्ड र म्यानमार सहभागी छन् । यस उप–क्षेत्रबाट शीर्ष ३ टोली एसियाली क्षेत्रिय छनोट प्रतियोगिताका लागि छनोट हुने छन् । यसअघि नैं अर्को समुहबाट युएई, कुवेत र कतार छनोट भैसकेका छन् ।
पूर्वी र पश्चिमी क्षेत्रको छनोटबाट छानिएका ३–३ देशले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । उक्त प्रतियोगितामा उत्कृष्ट हुने २ टिमले २०–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छन् ।
