
धादिङ असोज १७ । धादिङ समाज युएईले धादिङ जिल्ला भरिका ९० वटा स्वास्थ्य संस्थाहरुलाई आगामी असोज २६ गते नेबुलाइजर हस्तान्तरण गर्ने भएको छ ।
धादिङ समाज युएईका अध्यक्ष योगेन्द्र थापाका अनुसार धादिङबेसी स्थित जिल्ला समन्वय समितिको हलमा एक विशेष कार्यक्रमका बीच जिल्लाका ९० वटा स्वास्थ्य संस्थाहरुलाई नेबुलाइजर हस्तान्तरण गर्न लागिएको हो ।
दमका रोगिहरुलार्इ स्वास प्रस्वासमा निकै गाह्रो हुने र नेबुलाइजरको अभावले कतिपय विरामीहरुको मृत्यू समेत भएको पाइएकाले जिल्लामा रहेका स्वास्थ्य चौकी, उप स्वस्थ्य चौकी र स्वास्थ्य ईकाईमा निशुल्क नेबुलाइजर प्रदान गर्न लागिएको धादिङ समाज युएईका अध्यक्ष थापाले धादिङपोष्टलाई बताए ।

