शरीरमा पानीको कमी छ‘ ? साबधान पानीको कमि हुँदा देखिने लक्षण यस्तो छ

Avatar photo
Dhadingpost
अशोज १६, २०७५

काठमाडौ, असोज १६ । हामीलाई शरीरमा पानीको कमी भयो भने विभिन्न समस्याहरु देखा पर्न थाल्छ तर हामीलाई के भएर यस्ता समस्या देखिएका छन् भन्ने थाहा हुँदैन ।

यहाँ हामी शरीरमा पानीको कमि हुँदा देखिने लक्षणबारे जानकारी दिदै छौं

टाउको साह्रो गरी दुख्छ

टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन त्यसका कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ ।

केही खानासाथ तत्काल भोक लाग्छ

बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । त्यसैले भर्खरै खाना खाएको छ भने पनि भोक लागेको जस्तो हुन्छ । यदि कहिले यस्तो भयो भने पानी पिउनुपर्छ । भोक लागेजस्तो हुने समस्या आफैँ हटेर जान्छ ।

धेरै थकान महसुस हुने

जब तपाईं आफूलाई चाहिनेजति पानी पिउनुहुन्न, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले तपाईंलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।