यु १९ एसिया कपः नेपालले दियो अफगानिस्तानलाई १३२ रनको लक्ष्य

Avatar photo
Dhadingpost
अशोज १५, २०७५

काठमाडौं, असोज १५ । वंगलादेशमा जारी यु १९ एसिया कप प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल अफगानिस्तानसँग खेलिरहेको छ ।

टस जिते पहिला ब्याटिंग गरेको नेपालले अफगानिस्तानलाई १३२ रनको झिनो लक्ष्य दिएको छ ।

नेपालका लागि रोहिक कुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए। यस्तै राशिद खानले २९, कप्तान आसिफ शेखले २० र ओपन रित गौतमले १० रन बनाएका थिए। अन्यले राम्रो ब्याटिंग गर्न सकेनन्। नेपालका ३ जना खेलाडी शून्यमा आउट भएका थिए । सन्दिप जोरा, पवन सर्राफ र सूर्य तामांगले रनको खाता खोल्न सकेनन्। नेपाल ३८।३ ओभरमा १३१ रनमा अलआउट भयो ।

जवाफी ब्याटिंगका लागि अफगानिस्तान केही बेरमा मैदानमा आउनेछ । नेपालले पहिलो खेल भारतसँग विशाल अन्तरले गुमाइसकेको छ । यो खेल नजितेमा नेपालका लागि दोस्रो चरणको यात्रा सकिनेछ ।

सिनियर टिममा जस्तै यूवा टिममा पनि नेपालको समस्या ओपनिंगमा देखियो । नेपालको स्कोर बोर्डमा ६ रन हुँदा नेपालले पहिलो विकेटका रुपमा रवी शाहलाई गुमाएको थियो । यसपछि पनि नेपालले लगातार विकेट गुमायो । नेपालका लागि जम्मा ४ जना खेलाडीलेमात्र दोहोरो अंकमा स्कोर बनाएका छन् ।