
धादिङबेसी असोज १४ । धादिङ ज्वालामुखी गाउँपालिका ५ खरी जौवारी घर भई देश बिदेशमा साँङ्गितिक क्षेत्रबाट ख्याती कमाएका बलबहादुर गुरुङ दशैको मुखमा मौलिक सालैजो गित सार्वजनिक गरेका छन् ।
मुटु भरि चोट बोलको गितबाट वि. स. २०६० सालबाट नेपाली लोक गित क्षेत्रमा प्रवेस गरेका गुरुङले यो पछिल्लो पटक सार्वजनिक गरेका मौलिक सालैजो गित हिमाली पाखा पनि लोक प्रिय हुने आशा व्यक्त गरेका छन् ।
पुर्णिमाको जुन लाए झै, मन्दिर धाउदानि, गुरास फुलेसि बनै अर्को भयो, किन हुन्छेउ ठुलि, सालैजो भाका बैशालु जोबान, लोक दोहोरि गित बिछोड, बीस घोलेर, पञ्चे बाजा बाजा तालैले, तिजको गित जिम्बल बाउको आगनि जस्ता गित गाएर देस विदेशमा ख्याति कमाएका धादिङका बलबहादुर गुङले मौलिक सालैजो गित हिमाली पाखा म्युजिक भिडियो आफ्नै यूवटुव मार्फत सार्वजनिक गरेका हुन् ।
निता गुरुङले साथ दिएको यस म्यूजिक भिडियो असोज १२ गते सर्वजनिक गरे सँगै यो समाचार तयार गर्दा १ हजार भन्दा बढिले हेरि सकेका छन् ।
म्यूजिक भिडियो
https://www.youtube.com/watch?v=BGTP_2C9Fb4&feature=youtu.be
