मार्पाकमा नेत्रावती डपजोङ्ग कप फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
अशोज १३, २०७५

अमृत तामाङ
धादिङ, असोज १३ ।
धादिङको नेत्रावती डपजोङ्ग गाउँपालिका स्थित मार्पाकमा दोस्रो नेत्रावती डपजोङ्ग कप फुटबल प्रतियोगिताको तयारी सुरुभएको छ ।

नेत्रावती डपजोङ्ग गाउँपालिकाको सहकार्य र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा उक्त प्रतियोगिता असोज २४ गतेदेखि सुरु हुन लागेको दोस्रो नेत्रावती डपजोङ्ग कप प्रतियोगिताको तयारी सुरुभएको हो ।

प्रतियोगीतामा प्रथम हुने टिमलाई ६६ हजार ६ सय ६६, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ नगद , मेडल र प्रमाणपत्र प्रदान, सेमिफाईनलिस्ट २ वटा टिमलाई प्रति टिम रु ११ हजार १ सय ११ र प्रमाणपत्र दिइने साथै प्रथम र दृितिय दुवै टिमलाई कप अथवा ट्रफी प्रदान गरिने उक्त प्रतियोगिताको सुकेल छार युवा क्लब, पोल्चेत युवा क्लब, लामिडाडा युवा समाज, थला जनचेतना युवा समाज सह–आयोजकको रुपमा देखिएका छन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याच ट्रफी, उत्कृष्ट ६ खेलाडीलाई बेष्ट प्लेयर ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका काजीराम अधिकारीले जानकारी दिए ।