आठौं राष्ट्रिय खेलकुदमा सहभागि हुन सुचना जारी

Avatar photo
Dhadingpost
अशोज १३, २०७५

अमृत तामाङ,
धादिङ असोज १३ । आगामी मंसिर २१ गते देखि २८ गते सम्म हुन गहि रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ३ नम्बर प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागि हुन खेलाडीहरुलाई आवेदन दिन सुचना जारी भएको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङले जारी गरेको सुचनामा भनिएको छ, ०७५ साल कार्तिक ९ गते देखि १६ गते सम्म हुने प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिताका लागि इच्छुक खेलाडीहरुले असोज १९ गते सम्म आवेदन फारम भरि सक्नु पर्ने छ ।

प्रतियोगितामा समावेश गराईएको फुटबल, एथलेष्टिक, बक्सिङ, तेक्वान्दो, कराँते, भलिबल, ब्याडमिन्टन, उसु, कवड्डी, टेवलटेनिस खेल खेल्न इच्छुक जोकोहि खेलाडीहरुले प्रतियोगिताको लागि आवेदन दिन सक्ने जिल्ला खेलकुद कार्यालय धादिङका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठले धादिङपोष्टलाई बताए ।