
धादिङ असोज १२ । एकीकृत जनक्रान्तिको नारा लिएर अर्ध भुमिगत जस्तै बनेको विप्लव नेतृत्वको नेकपाले जनपरिषद धादिङ गठन गरेको छ ।
दलाल, भ्रष्टाचार, कालोबजारी, गुण्डागर्दी विरुद्ध लड्दै विकास निर्माणका लागि जनपरिषद गठन गरिएकाे नेकपा धादिङका सेक्रेटरी बुद्ध गुरुङ बताए । जनयुद्धले स्थापित भएको जनमुखि कामहरुलाई दृढता पुर्वक कार्यान्वयन गर्न सेक्रेटरी गुरुङले भेलामा निर्देशन गरेका थिए ।
अर्धभुमिगतको अवस्थामा रहेका विप्लव नेतृत्वको नेकपा धादिङका नेताहरु सबै भन्दा बढी हिजोका सहयात्रीहरु नै दलाली र जनदुस्मन भएको आरोप लगाउँछन् ।

हिजो आन्दोलनका क्रममा सगै रहेका साथि आज दलालमा परिणत भएका छन्, राजनीतिक दौरानमा अरबौको मालिक बन्नु र जनताको लागि गद्दार गर्नेहरुको सम्पूर्ण विवरण तयार गर्न समेत गठित १५ सदस्यीय जिल्ला परिषदलाई सेक्रेटरी गुरुङले निर्देशन दिएका थिए ।
जिल्ला परिषद सम्पन्न भए सँगै पालिका स्तरीय परिषद पनि गठन सुरु भैसकेको बताईएको छ ।
