
धादिङ असोज १२ । धादिङबेसीमा व्यवसायी, कलेजका विद्यार्थीहरु सहभागि रहेको करदाता शिक्षा कर्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार विहान विधिवत रुपमा कार्यालय संचालन गरेको धादिङ चेम्बर अफ कमर्सले आफ्नो पहिलो कार्यक्रम अन्तरगत करदाता शिक्षा कार्यक्रमको आयोजना गरेको थियो ।
धादिङका स्थानिय तथा आन्तरिक राजस्व विभागका पुर्व उपमहानिर्देशक राममणी दुवाडी करदाता शिक्षा कार्यक्रमलाई सहजिकरण गरेका थिए ।

धादिङबेसीको छुट्टाछुट्टै ३ वटा हलमा राखेर आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा व्यवसायीहरुलाई भ्याट, प्यानको महत्व, समयमानै कर दाखिला गर्दा हुने फाईदाहरु र व्यवसाय गर्दा दर्ता अनिवार्य जस्ता कुराहरु व्यवसाहीहरुलाई बताईएको धादिङ चेम्बर अफ कमर्स अध्यक्ष गोविन्द कुमार श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।
धादिङबेसीमा कर कार्यालयबाट कर्मचारी अनुगमनमा आएको थाहा पाएर बजारका अधिकाँश व्यवसाहीहरुले सटर् बन्द गर्ने गरेको पाईने गरेको अवस्थामा करदाता शिक्षाले व्यवसायीहरुमा थप डर त्रास हैन झनै आत्म सुरक्षा, व्यवसायमा सुद्धता प्रदान गरेको आभास गरेको समेत अधयक्ष श्रेष्ठले बताए ।

यस्तै कलेजका विद्यार्थीहरुलाई भ्याट विल काट्न, करको समय सिमा समयमा नै कर र्तिन व्यवसायीहरुलाई सहयोग गर्न र पार्ट टाईम जवका रुपमा करदाता शिक्षा लाई प्रयोग गर्न सक्ने गरि जस्तैः चार्टर्ड एकाउन्टेन्टद्वारा भ्याट बिल काट्ने, खरिदबिक्री खाता राख्ने लगाएतका बिषयमा प्रशिक्षण तथा प्राक्टिकल गरि सिकाईएको महासचिव अशोककुमार बस्नेतले बताए ।
धादिङपोष्टका लागि फोटो सौजन्यः अशोक कुमार बस्नेत
