
धादिङ असोज १२ । धादिङबेसीमा धादिङ चेम्बर अफ कमर्सले एक औपचारिक कार्यक्रम गरि कार्यालय उद्घाटन गरेको छ ।
गोवन्द कुमार श्रेष्ठको अध्यक्षतामा रहेको यस धादिङ चेम्बर अफ कमर्सको कार्यालय उद्घाटन रिवन काटेर केन्द्रिय वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय वरिष्ट उपाध्यक्ष मल्लले व्यवसायीहरुको सबैभन्दा पुरानो संस्था चेम्बर अफ कमर्श नेपालको ६८ जिल्लाहरुमा विस्तार भएको र प्रचलित कानुनको परिसिधमा रहेर सम्पूर्ण व्यवसायीहरुको हितका लागि स्थापना भएको बताएका थिए । राज्यले व्यवसायीहरुलाई परक दर्ताको नागरिक जस्तो गरेको र कानुनी निमार्ण क्रममा व्यवसायीहरुको अधिकारलाई अंकुश लगाईएको बताएका थिए ।
कार्यक्रमका विशेष अतिथि एवम् चेम्बर अफ कमर्श ३ नम्बर प्रदेशका संयोजक कृष्णमान श्रेष्ठले धादिङलाई अर्गानिक तरकारी पकट क्षेत्रको रुपमा विकास गर्न आग्रह गरेका थिए । अर्का विशेष अथिति एवम् नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले आर्थिक सम्बृद्धि दुई तिहाई सरकारको दम्भ भएको बताए । धादिङमा त्यसमा पनि नीलकण्ठको उदाहरण गर्दै प्रदेश वा केन्द्रमा जित्ने नेकपाका नेताहरुले विकास योजना छानी छानी आफ्नो कार्यकर्ताकोमा पुर्याएको आरोप लगाएका थिए ।
नीलकण्ठ नगरपालिकामा भित्र रहेका क्रमागत योजना समेत राजनीतिक प्रभावमा पारिएको बताउँदै आर्थिक समृद्धिको लक्ष्यण सकारात्मक नदेखिएको बताएका थिए । ढुङ्गानाले आफ्नो २५ वर्षे सत्ता संचालनको अनुभवका साथ नीकण्ठ नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउने योजना रहेको तर स्थानिय जनतालाई कर नबढाउने र हाल पनि कर नबढाईएको दावी गरेका थिए ।
धादिङ चेम्बर अफ कमर्सबा महासचिव अशोक बस्नेतद्वारा संचालित उक्त कार्यक्रममा अतिथि सत्कार राजकुमार श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ र गोविन्द कुमार श्रेष्ठले गरेका थिए ।
