जिल्ला स्तरीय प्रतियोगितामा प्रथम दितिय र तृतिय फोटो यस्ता छन्

Avatar photo
Dhadingpost
अशोज १२, २०७५

धादिङ असोज १२ । नेपाल फोटो पत्रकार संघ धादिङले जिल्लामा नै पहिलो पटक आयोजना गरेको फोटो प्रतियोगितामा राष्ट्रिय समचार समितिका संवाददाता सिताराम अधिकारी प्रथम भएका छन् । धादिङको सल्यानटारमा हाल अवशेषको रुपमा देखिने तेल पेल्ने कोलको फोटो १५७ प्रतियोगिहरुलाई उछिन्दै अधिकारी प्रथम भएका हुन् ।

विहिबार धादिङबेसीमा भएको उक्त प्रतियोगितामा धादिङबेसीबाट नजिकै पर्ने पर्यटन गन्त्यव्यका रुपमा हेरिएको गणेश ढंगानको भैरवी मन्दिरको फोटोले द्वितिय स्थान पापत गरेको छ, भने प्रमिला गिरि खिचेको उत्तरी झार्लाङमा महिलाले थुन्से बुनि रहेको फोटोले तृतिय स्थान प्राप्त गरेको थियो ।

निर्णयकहरु फोटो पत्रकार राजन काफ्ले, राससका फोटो पत्रकार प्रदिवराज वन्त र कान्तिपुर दैनिकका फोटो पत्रकार शालिकराम तिवारीले ८३ जनाले सहभागिता जनाएको १५८ वटा फोटोहरु मुल्याङ्कल गरेका थिए ।

प्रतियोगितामा विजयी टप २५, टप १० र टप ३ लाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी, विशेष अतिथिहरु प्रहरी प्रमुख, नेकपा नेता रामबहादुर भण्डारी, नेपाली काँग्रेसका नेता भक्त लामा लगायतले चेक, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा धादिङ जिल्लाको इतिहासमा नै पहिलो पटक ल्याईएको १२० मोडलको क्यामरा प्रदर्शनीमा राखिएको थियो भने धादिङ जिल्लाबाट पहिलो पटक पत्रिकामा फोटो प्रकाशित गर्ने राजेन्द्रप्रताव शाह र धादिङबाट बाहिर रहेर आफ्नो मुख्य पेशा फोटो पत्रकारीता गरि रहेका शालिकराम तिवारीलाई सम्मान गरिएको थियो ।

प्रथम भएको फोटो

द्वितिय भएको  फोटो

तृतिय भएको फोटो