सिर्जना कार्कीको धेरै–धेरै बोलको गीत सार्वजनिक

Avatar photo
Dhadingpost
अशोज १०, २०७५

पोखरा, असोज १० । सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै– धेरै’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।

यस अघी ‘मनको राजा’,‘माया’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिएका गायिका सिर्जना आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताउछिन् ।

राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीतको संगीत रहेको म्युजिक भिडियोमा ह्यान्ड टु ह्यान्ड क्र्यूको साथमा सिर्जना आफ्नै अभिनय हेर्न सकिन्छ । उक्त गीतलाई रामकुमार केसीले छायांकन गरेका छन् भने कोरियोग्राफी र निर्देशन राज महर्जनलेले गरेका छन् । गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।