धादिङमा स्क्रव टाईफस संक्रमीत बिरामीको संख्या बढ्दै

Avatar photo
Dhadingpost
अशोज १०, २०७५

धादिङ, असोज १० । जिल्ला अस्पताल धादिङमा स्क्रव टाईफस संक्रमीत विरामीको सङ्ख्या १६ जना पुगेको छ ।

जिल्ला अस्पताल धादिङका कृष्णलाल उप्रेतीका अनुसार उच्च ज्वरोका कारण उपचारका लागी आएका बिरामी मध्ये संङखा लागी रगतको परिक्षण गराउदा स्क्रव टाईफसको संक्रमण भेटिएको हो । १०२ देखी १०५ डिग्री फरेन हाइटसम्म ज्वरो आएमा, अत्याधिक टाउको दुखेमा, सास फेर्न समस्या भएमा, शरीर बाउँडिएमा, जीउ,जोर्नी र मांसपेशीमा पीडा भएमा, खोकी, वाकवाक, वान्ता, पेट दुखाइ र पखालाले सताएमा तुरुन्त अस्पताल जानुपर्ने उप्रेतीले बताउनुभयो । रोगका कारण संक्रमीत विरामी दिन दिनै बढ्दै गएको छ ।

विभिन्न समस्या लिएर अस्पतालमा परिक्षण गराउन आएका बिरामी मध्ये अहिले सम्म १६ जनाको रगत परिक्षण गर्दा उक्त रोगको सक्रमण भेटिएको छ ।

नेपालमा केही वर्ष अघिदेखी नै यो रोगको संक्रमण फेला परेको भए पनी धादिङमा भने दोस्रो पटक स्क्रब टाईफस रोगको संक्रमण देखा परेको हो ।

रोगलाई महामारीको रुपमा फैलिन नदिन आफ्नो घर वरपर सफा राख्ने,झाडी फाड्ने र मुसाको नियन्त्रण गर्नु पर्ने स्वास्थ्य कर्मीहरुले बताएका छन् ।