स्वीट्जरल्याण्ड, असोज ८ । नाइजेरियाली सामुद्रिक क्षेत्र हुँदै आफ्नो गन्तब्यमा हिँडेको स्वीस पानीजहाजका १२ चालकदलका सदस्यलाई सामुद्रिक डाँकुले अपहरण गरेर लगेको छ ।
अपहरणकारीले चालक दलका १२ र जहाज रहेका बहुमुल्य सामानलगायत अधिकांश सञ्चार सेटसमेत लुटेर लगेका छन्’, मासोलका प्रवक्ता प्याट्रिक एडमसनले बताए ।कम्पनीले सुरक्षाका लागि भन्दै अपहरणमा परेका कसैको नाम तथा उनीहरूको ठेगाना नखुलाएको जनाएको छ ।
उक्त क्षेत्रमा गतबर्ष पनि जहाज लुटिएको र करिब ६० जनालाई अपहरण गरिएको थियो । उक्त क्षेत्रमा हुने कबतिपय आक्रमणलाई व्यवसाय धारासायी हुने खतराका कारण कम्पनीहरूले सार्वजनिक नगर्ने गरेका छन् ।
मासोल सिपिङ्ग कम्पनीका अनुसार एमभि ग्लारूस नामक जहाजका १२ सदस्यलाई नाइजेरियाको व्यापारिक शहर लागोसबाट गहुँ लिएर दक्षिणी बन्दरगाह हाकोर्टतर्फ हिँडिरहेका समय अपहरण गरेको लगेका छन् । जहाजमा रहेका बाँबी छ जना भने सकुशल रहेका छन् ।
