धादिङ बोर्डिङमा, राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झना

Avatar photo
Dhadingpost
अशोज ७, २०७५

सञ्जय देवकोटा,
धादिङबेसी असोज ७ ।
नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरेको शताब्दि जन्मोत्सवको अवसरमा देशैभर आज विभिन्न कार्यक्रमहरु गरिएको छ । सय वर्षमा पुगेको अवसर पारि आज धादिङ आवासीय माध्यमिक विद्यालयमा पनि राष्ट्रकवि घिमिरेका १०० औं जन्मजयन्ती मनाइएको छ ।

विद्यालयको नेपाली विभागको आयोजनामा सञ्चालित कार्यक्रममा नेपाली विषय शिक्षकहरुले राष्ट्रकवि घिमिरेले दिएका योगदानहरुको चर्चा गर्दै रचनाहरु वाचन गर्दै वाचन गर्दै जन्मजयन्ती मनाइएको हो ।

यस्तै विद्यार्थीहरुले पनि विभिन्न रचनाहरु वाचन गरेका थिए । वि.सं. १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठो सन्तानका रुपमा जन्मिएका घिमिरेका गौरी, राष्ट्रनिमार्ता जस्ता कृतिहरु चर्चित बनेका छन् ।

सकारात्मक सोच, सिर्जनशीलता र योग अभ्यासको कारण मानिस सफल बन्न सक्ने राष्ट्रकवि घिमिरेको सिद्धान्तलाई उल्लेख गर्दै विद्यालयका प्रधानाध्यापक हरि लम्सालले विद्यार्थीहरु पनि सानैदेखि लगनशील, सिर्जनशील र सकारात्मक सोचका साथ अगाडि बढ्न सके भविष्य उज्ज्वल हुने धारणा व्यक्त गरेका थिए ।