हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलिरहनुपर्ने हुन्छ । आफ्ना कुरामा जिद्दी गर्ने र भनेको नमान्ने, अपशब्द बोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधैं चञ्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो हुन्छ ।
हाइपोमेनिया रोग लाग्दा श्रीमान्–श्रीमतीबीच चर्को विवाद भएको पाइन्छ । यतिसम्म कि यसकै कारण बारम्बार कुटपिट भइरहने र उनीहरू छुट्टाछुट्टै बस्न पुगेका उदाहरण पनि छन् ।
सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहा नै हुँदैन । बिस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुँदै जानाले पछि मात्र यो रोग लागेको थाहा पाउन सकिन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिँदैन ।
यस्ता बिरामी एउटै कुरामा स्थिर रहँदैनन् । एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छन् । आनन्दी कुरामा दिन बिताउँछन् । म राजा बन्छु, म प्रधानमन्त्री बन्छु, म नेता बन्छु जस्ता अपत्यारिला कुरा गर्छन् ।
पैसा बाँड्ने, कुरा बढाइचढाइ बोल्ने, राति थोरै समयमात्र सुत्ने, गीत गाउने, रातो–पहेँलो रंगीन लुगा लगाउन रुचाउने लक्षण उनीहहरूमा देखिन्छ । यो रोग पटकपटक दोहोरिने भएकाले राम्रो विचार र्पुयाउन जरुरी छ । रोग लागेर यस्तो भएको कुरा सुुरुमा थाहा पाइँदैन, जसबाट बिरामी वा परिवारमा अनेकौं घटना हुन सक्छन् । मेनिया भनेको हाइपोमेनियाभन्दा कडा अवस्था हुने रोग हो ।
हाइपोमेनिया रोगका लक्षण
कहिलेकाही“ यस्ता बिरामीले गरेको अनौठो व्यवहार पत्रपत्रिकामा पनि पढ्न पाइन्छ । तर यो रोग लागेर त्यस्तो भएको भन्नेचाहिँ थाहा हुदैन। यस्ता बिरामीमध्ये करिब आधाजसो बिरामीमा व्यक्तित्वको समस्या (एभचकयलबष्तिथ म्ष्कयचमभच) पनि भएको हुन्छ । अस्पताल लगेर बिरामीको परीक्षण गरेपछि मात्र रोगको कारणले यस्तो भएको रहेछ भनेर थाहा हुन्छ।
घमण्डी बन्ने, बढी फुर्ती लगाई कुरा गर्ने ।
आफूलाई बिरामी भन्न रुचाउँदैनन् ।
धेरै खुसी हुने तर भनेको नमाने झनक्क रिसाउने, पिट्ने ।
बढी आशावादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने।
मिठो खानेकुरा माग गर्ने, राम्रोराम्रो रंगीन लुगा लगाउने ।
बढी पैसा माग्ने वा खर्च गर्ने ।
पटकपटक ऐना हेरिरहने ।
दुई–तीन घन्टा सुते पनि निद्रा पुग्ने ।
एउटा काम सुुरु गर्न नपाउँदै अर्को थाल्ने वा छटपट हुने ।
वर्षौंसम्म रक्सी पिउने, घरपरिवारसँग झगडा गर्ने, परपुरुषसँग शारीरिक सम्पर्क गर्ने र घरै छाडेर हिँड्ने।
उपचार
रोगको शंका लागेपछि बिरामीलाई रिस उठ्ने किसिमको व्यवहार नगनर्ने अस्पताल लगी सम्बन्धित विशेषज्ञको सरसल्लाह लिई उपचार गर्ने।
यो रोग एकपटक सुरु भएपछि अर्कोपटक दोहोरिने समस्या ७०–८० प्रतिशत रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्कोपटक दोहोरिँदा कहिले पहिलेकै लक्षण देखिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसनको लक्षण दिक्क हुने, रुने मर्छु भन्ने, राति निदाउन गाहो हुने देखिन्छ।
हाइपोमेनिया रोग बढ्दा बिरामीले औषधि लिन मान्दैनन् । त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ ।

