धादिङमा माटोको ढिस्कोले पुरिएर तीन जना घाइते

Avatar photo
Dhadingpost
अशोज ७, २०७५

धादिङ, असोज ७ । घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर धादिङ निलकण्ठ नगरपालीका वडा नम्बर– ९ मा तीन जना घाइते भएको छ ।

डिस्कोले पुरीएर काफलपानी बस्ने २६ वर्ष को मिरा गुरुङ, सोहि स्थान बस्ने २० बर्षीय फुलकुमारी गुरुङ र २५ बर्षीय बालकुमारी गुरुङ रहनुभएको छ । घाईतेहरुलाई उपचारको धादिङबेसी स्थित जिल्ला अस्पतालमा ल्याईएको छ भने घाइते मध्ये एक जनालाई उपचारको लागी काठमाडौ लगीयको जिल्ला प्रहरी कार्यलय धादिङले जानाकारी दिनुभयो ।