इरान दक्षिण पश्चिमको सैन्य परेडमा हमला, २४ को मृत्यु

Avatar photo
Dhadingpost
अशोज ७, २०७५

एजेन्सी, असोज ७ । इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु भएको छ ।

हतियारधारी समूहले परेडका लागि बनाइएको मञ्च नजिकैको पार्कबाट गोली चलाएका थिए ।

इरानको सरकारी सञ्चार माध्यमका अनुसार आक्रमणमा सर्वसाधारण पनि मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय समयअनुसार बिहान ९ बजे भएको थियो र करिब १० मिनेटसम्म गोली चलेको थियो । आक्रमणमा चार जना संलग्न रहेको अनुमान छ ।