‘ तिमि हासेको पलमा’ मा यसरी देखाए पल र आँचलले वास्तविक माया

Avatar photo
Dhadingpost
अशोज ५, २०७५

काठमाडौं, असोज ५ । पल र आचलको अभिनयमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

जसमा पल र आँचलले जिवन्त माया दर्शाएका छन् । गायक प्रमोद खरेल र गायिका रजिन रिमालको आवाज रहेको गीत पल र आँचलको प्रेम जस्तै प्रेमिल छ । जसका शब्द भाव समेत उनीहरुलाई मिल्ने राखिएको छ । सो म्युजिक भिडियोको नाम ‘ तिमि हासेको पल ’ राखिएको छ ।

गायक तथा म्युजिक भिडियो निर्देशक समेत रहेका साशन कँडेलले गीतको शब्द अनि भावलाई यि दुई प्रेमी मार्फत जिवन्त दर्शाउने कोशिष गरेका छन् । जुन कोशिषमा पल र आँचल सफल देखिएका छन् । यस भिडियोलाई अर्जुन तिवारीले खिचेका छन भने भिडियोमा श्रीजल बरालको कोरियोग्राफी , निशान घिमिरेको सम्पादन रहेको छ । गीतको भिडियो छायांकनमा द्रोण भने सुरेश काफ्लेले चलाएका छन् ।

पल र आँचलको प्रेम झल्काउने सो गीतमा हरि कटुवालले शब्द रचना गरेका हुन् । जसमा कमल अधिकारीले मन छुने संगीत भरेका छन् । गीतको भिडियोलाई संगीतकार कमल अधिकारीले आफ्नै अफिसियल युत्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।