नेपालले म्यानमारसँग खेल्दै

Avatar photo
Dhadingpost
अशोज ५, २०७५

काठमाडौं, असोज ५ । एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘ईं’ को छनोटको दोस्रो खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३० बजेपछि सुरु हुनेछ ।

पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपालले छनोटमा रहिरहन शुक्रबार म्यानमारलाई पराजित गर्दै छनोटमा पहिलो जितको खोजीमा हुनेछ । म्यानमारलाई पराजित गर्न सके नेपालले एएफसी यु–१६ एसिया कपमा प्रवेश गर्ने सम्भावना बलियो बनाउनेछ । तर, म्यानमारसँगको खेल नेपालका लागि निकै कठिन हुनेछ ।

म्यानमारले आफ्नो पहिलो खेलमा मलेसियालाई ३–० ले पराजित गरेको थियो । म्यानमार पनि घरेलु टोली नेपाललाई पराजित गर्दै दोस्रो जितको खोजीमा मैदान उत्रनेछ ।

शुक्रबारै फिलिपिन्स र मलेसियाबीच खेल हुनेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग २३ सेप्टेम्बरमा खेल्नेछ । सोही दिन फिलिपिन्स र म्यानमाबीच खेल हुनेछ । समूह ‘इ’ को छनोटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेको छ । हरेक समूहका शीर्ष दुई टोलीले सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ प्रतियोगितामा स्थान बनाउनेछ ।