मलेसियामा नेपालीलाई लुट्ने डन पक्राउ

Avatar photo
Dhadingpost
अशोज ५, २०७५

एजेन्सी, असोज ५ । वैदेशिक रोजगारीबाट हुने कमाईले परिवारलाई जति खुसी दिन्छ त्यहाँ पाइने दुःख भने कयौं गुणा बढि छ ।

पाइलै पिच्छे ठगीको जोखिम भएको यो रोजगारीमा विदेश भूमीमा नेपालीबाटै नेपाली ठगिने र लुटिने गरेका छन् ।

त्यसमा पनि मलेसियामा नेपालीमाथि जोखिम बढि नै छ । त्यहाँ वंगाली र इन्डियनले दिने दुःख त छँदैछ, त्यसमाथि नेपालीले नेपालीलाई नै दुःख दिइरहेका हुन्छन् ।

नेपालीहरु नै नेपालीलाई लुटिरहेको दुखदायी घटनाबीच एक यस्तै लुटेरा गिरोहलाई त्यहाको प्रहरीले पक्राउ गरेको छ ।

प्रत्येक नेपालीबाट सुरक्षा रकम असुल्ने गरेको सो गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महिला पनि रहेको बताइएको छ ।