जब रोनाल्डोले रुदै मैदान छोडे

Avatar photo
Dhadingpost
अशोज ४, २०७५

काठमाडौँ, असोज ४ । गएको सिजन रियल मड्रिडबाट च्यापिम्यन्स लिगमा सानदार खेल प्रदर्शन गरेका क्रिस्टियानो रोनाल्डो यस सिजन युभेन्ट्समा आवद्ध भएपछि खासै फर्ममा रहेका छैनन् ।

रेफ्रीले रातो कार्डदेखाएपछि उनी एकै छिन निकै भावुक बने । मैदानमा केहीबेर उनी लडीबुडी नै खेले भने मैदानबाहिर निस्क्दिा उनी रोइरहेका थिए । उनले रेफ्रीको निर्णयबारे भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

इटालियन लिग सेरिया ए मा खासै गतिलो खेल प्रदर्शन नगरेपनि उनले च्याम्पियन्स लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने अपेक्षा लिइएको थियो ।

तर, युभेन्ट्सबाट उनको च्याम्पियन्स लिग यात्रा सुखद रहेन ।

उनले खेलको २९ औ मिनेटमा रातो कार्ड खान पुगे । विपक्षी खेलाडीको कपालमा कुइयाएको भन्दै रेफ्रीले रातो कार्ड देखाए ।