
सञ्जय देवकोटा,
धादिङ असोज २ । समाजमा घट्ने यौनजन्य अपराधिक तथा घरेलु हिंसाका बारेमा चेतनामूलक कार्यक्रम अन्तरगतको स्कुल स्कुलमा प्रहरी कार्यक्रम आज धादिङ आवासीय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
एक महिनासम्म संचालन गरिने अभियान अन्र्तगत आज धादिङ आवासीय माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थीहरुलाई यौनजन्य अपराध भनेको के हो । यस्ता अपराधलाई कसरी न्युनीकरण गर्ने । घटना भएपछि कुन कुन निकायमा सम्पर्क गर्ने । यौनजन्य अपराधीहरुलाई कस्ता कस्ता सजायको व्यवस्था गरिएको छ भन्ने बारे जिल्ला प्रहरी कार्यलय धादिङ महिला बालबालिका सेवा केन्द्रका इन्चार्ज पुरुराज रिमालले प्रशिक्षण दिएका थिए ।
बलत्कार तथा हिंसाका सिकार अधिक मात्रामा बालिकाहरु हुने गरेका कारण विद्यालयलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको इन्चार्ज रिमालले आग्रह गरेकि थिईन् । महिला, बालिकालाई मात्र नभएर बालक तथा पुरुषलाई पनि कानुन र सचेतना आवश्यक हुने हुदाँ स्कुल स्कुलमा प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो ।
यस्तै भदौ १ गतेदेखि सञ्चालनमा आएको नयाँ मुलुकी ऐनका विषयमा पनि जानकारी दिने र सबै महिला दिदिबहिनीको सम्मान जनक बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि अभियान संचालन गरिएको रिमालले बताईन् ।
धादिङमा यौनजन्य अपराधका घटना विशेषगरी ११ देखि १८ वर्षसम्मका बालिकाहरुमा हुने गरेका कारण स्कुल स्कुलमा प्रहरी कार्यक्रममा जोड दिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
पछिल्लो समयमा यौनजन्य अपराधका घटना बढ्दै गएको तथा विशेष गरी यस्ता कृयाकलापमा किशोर किशोरीहरु नै बढी संलग्न हुने भएकाले यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको धादिङ आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बताए ।
