
धादिङ भाद्र ३१ । काठमाडौंको त्रिपुरेश्वरमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा कक्षा ८ मा पढ्ने कन्चन लम्साल तेस्रो हुँदै धादिङको नाम राख्न सफल भएकी छिन् ।
राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङबाट ७ जना विभिन्न तौल समुहका खेलाडीहरु छनौट हुँदै राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए । जसमा धुनिबेसीबाटमात्र ५ जना छनौट भएका थिए भने धादिङ बोर्डिङबाट १ जना एड्भान्स एकेडेमीबाट १ जना रहेका थिए ।
अन्य खेलाडरुले राम्रो प्रदर्शन गर्न चुकेपनि एड्भान्स एकेडेमी अध्ययनरत धादिङको लागि तेस्रो स्थान प्राप्त गरेकी थिईन् ।
राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ४३ केजी तौल समुह तर्फ करिना नगरकोटी चितवन प्रथम र रोशनी क्षेत्री रुपन्देही द्वितिय भएका थिए ।

