क्यान्सर पिडित बालक सन्दिप बचाउ अभियान सुरु

Avatar photo
Dhadingpost
भदौ ३१, २०७५

धादिङ भाद्र ३१ । धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका स्थित रि गाउँ किचेतका चार वर्षिय वालक सन्दिप तामाङ बचाऔं अभियान सुरु भएको छ ।

विगत सात महिना देखि किमो क्यान्सरले पिडित बनेका सन्दिप तामाङको उपचार खर्च जुटाउन गतिशिल युवा समाज नेपालले आर्थिक अभियान सुरु गरेको हो ।

उत्तरी धादिङको विकट गाउँ किचेत माओवादी जनयुद्धको आधारभुमिका रुपमा पनि चिनिन्छ । लामो समय जनयुद्धरत तात्कालिन माओवादीले प्रकाशन गृह संचालन गरेको किचेत गाउँका सन्दिपको बुवा दि लामा तामाङ छोराको उपचार खर्च जुटाउन सत्ताशिन दलका नेताहरु सँग पनि हार गुहार गरेका छन् । नेताहरुले हुन्छ भन्ने र टार्ने गरे गरेको गुनासो उनको छ ।

गतिशिल युवा समाजले धादिङबेसीमा आर्थिक संकलनका लागि गरेको सन्दिप बचाऔं साँस्कृतिक साँझमा बुबा दि लामाले छोरा सँगै लिएर उपस्थित भएका थिए । बीचबजारमा भएको उक्त कार्यक्रममा ६० हजार रकम संकलन भएको उनले बताए । सबैको सहयोग भयो भने मेरो छोराको ज्यान बच्छ भन्दै उनले सहयोगको याचना समेत गरे ।

धादिङबेसी बीचबजारमा भएको उक्त सन्दिप बचाऔं साँस्कृतिक साँझमा सन्दिप भेट्न र सहानुभुति प्रदान गर्न भिड नै लागेको थियो । आ-आफ्नो हैसिएत अनुसार कार्यक्रममा सहभागिहरुले सहयोग गरे, किचेत जस्तो बिकट बस्तीमा रहेको हामी जस्ता गरिवलाई थप सहयोग गरि उपचारमा सहजता अपनाई दिन दि लामा तामाङ देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरु माझ आग्रह समेत गरेका छन् ।