धादिङ भाद्र ३१ । धादिङ जिल्ला ज्वालामुखी स्थित खरीमा जन्मिएर नेपाली साँङ्गितिक क्षेत्रमा चर्चा कमाएका खेम जी रानाको झ्याउरे गीत रस र रङ्ग सार्वजनिक भएको छ ।
खेम जी राना र खुश्बु बिन्दा मगरको मौलिक झ्याउरे गीत रस र रङ्ग गाउँघर टोल बस्तिमा लुकेर रहेका लोक संगीतलाई सम्पूर्ण नेपाली भाषीहरु माझ पुर्याउने हिसाबले निकालिएको रानाले बताए ।
साँङ्गितिक दौरानमा नेपालका हरेक क्षेत्रका हुने स्टेज कार्यक्रममा बी जी रहने रानाको आवाज रहेको यो पछिल्लो रस र रंङ पनि नेपाली मौलिकता बोकेकोले दर्शक तथा श्रोताहरुले मन पराउनेमा राना ढुक्क छन् ।
खेम जी राना मगर र खुश्बु विन्दा मगरको सुरिलो आवाज सुन्न सकिने यस गीतको शब्द तथा लय खेम जी रानाले नै गरेका हुन् ।
सागर बिरहीको एरेन्ज रहेको यस गीतमा मनाङ गुरुङको निर्देशन तथा करन चैसिर को छांयाकन रहेको छ ।
विष्णु शर्माको सम्पादन रहेको यस गीतमा अभिनय मनाङ गुरुङ, रिना थापा मगर र आरुसी मगरको रहेको छ ।
भिडियो हेर्न तलको लिङ्कमा जानुहोला ।
