
विकास भण्डारी,
धादिङ भाद्र ३१ । त्रिभुवन राजपथ अन्तरगत धादिङको नौबिसेबाट ५ किमि माथि रहेको अर्चले खोलापुलको आवस्था जिर्ण बनेको छ ।
पुलको अवस्था धराप हुँदा पनि सडक बिभागले चासो दिएको छैन ।
दैनिक सयौं गाडि आवत जावत गर्ने त्रिभुवन राजपथको पुल पुरै चिरा परेको बार पटक-पटक जानकारी गराउँदा पनि सडक विभाग दुर्घटना पर्खेर बसेको देखिन्छ ।
सानो गाडीहरु र मोटर साईकल कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतरा बारे बारे स्थानियले वर्डा कार्यालय, धुनीबेसी नगरपालिका र सडक विभाग सबै ठाउँमा जानकारी गराई सकेका छन् तर सरोकारवाला निकायहरु ले उक्त पुल मर्मतको लागि कुनै पहल गरेको देखिँदैन ।
पुलकलो क्षेमता, पुलको अवस्था बारे फलोअप नगर्ने सकड विभागले त्रिभुवन राजपथमा मात्र होईन अधिकाँश राजमार्गहरुका पुल र पिच जिर्ण बन्दै गएको पत्तै पाएको छैन । नागरीक अगुवा जनप्रतिनीधीहरुले सडक विभागको कार्यशैलिका विषयमा गम्भीर बन्नु पर्ने देखिन्छ ।

