अब रहेनन्, नलाङका नेकपा नेता सुर्य तिमल्सिना

Avatar photo
Dhadingpost
भदौ ३०, २०७५

धादिङ भाद्र ३० । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङ बैरेनी घर भएका नेकपा नेता सुर्य प्रसाद तिमल्सिना अब रहेनन् ।

विगत केहि महिना देखि अस्वस्थ रहेका सुर्य प्रसाद तिमल्सिना (गोबिन्द) को ५६ बर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

पन्चायतकालमा निरङ्कुश पन्चायती व्यवस्थामा विरुद्धको आन्दोलनमा सक्रियताका साथ भुमिका निभाएका तिमल्सिनाले ०४८ सालमा नेकपा एमालेको सदस्यता लिएका थिए भने ०५२ साल पछि तात्कालिन माओवादीको जनयुद्धलाई समर्थन गर्दै माओवादीमा आवद्ध भएका थिए ।

पछिल्लो चरणमा पनि राजनीतिमा उत्तिकै क्रियाशिल देखिने तिमल्सिनाको पार्थिव शरिरलाई झण्डा ओढाउँदै नेकपा धादिङका नेता रामबहादुर भण्डारीले श्रद्धान्जली अर्पण गरेका थिए । स्व. तिमल्सिना (गोबिन्द) शवलाई शनिवार थोपल दोभानमा नेकपा धादिङको नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा अन्त्यष्टि गरिएको छ ।