धादिङको ग्रामिण यातायात अन्ततः फुट्यो

Avatar photo
Dhadingpost
भदौ ३०, २०७५

धादिङ भाद्र ३० । धादिङमा बलिदानी पूर्ण द्वन्दगत रुपमा इतिहास बनाउँदै जन्मेको ग्रामिण यातायात अन्तत: फुटेको छ ।

धादिङ जिल्लामा ०६५ सालमा स्थापना भएको ग्रामिण यातायात सहकारीको नेतृत्व गैर व्यवसायीले गरेको, व्यवसायीहरुको हितका बाहिर गएर काम गर्ने गरेको, आर्थिक अपारदर्शिता व्यप्त भएको आरोप लगाउँदै ग्रामिण यातायात सहकारीका महासचिव उमेश श्रेष्ठ लगायतको नेतृत्वले ग्रामिण यातायात प्रालि दर्ता गर्दै वसहरु संचालनमा ल्याए सँगै ग्रामिण यातायात अन्ततः फुटेको हो ।

ग्रामिण यातायात सहकारीका अध्यक्ष हरिबहादुर श्रेष्ठ बस नभएका गैर व्यवसायीक हुन्, उनले व्यवसायीकका पक्षमा कहिल्यै सोचेनन्, लेखा समितिलाई समेत हिसाव देखाउँदैनन्, संचालक समितिका गैर व्यवसायीकहरुको दैनिकी फेरिँदै गयो, साधारणसभामा सदस्यहरुको आवाज भन्दा शक्ति केन्द्रहावी हुने र व्यवसायीहरुको घाँटी निमठ्यको निमठ्यै गरेपछि छुट्टै प्रा.लि. गठन गरि यातायात संचालन वाध्य भएको ग्रामिण यातायात प्रालिका अध्यक्ष राजेन्द्र अधिकारीले धादिङपोष्टलाई बताए ।

७० वटा वसहरु रहेको ग्रामिण यातायातमा कुनै पनि सुचना वा कार्य समितिको छलफल नै नगरी आफु नीकटका १९ जना व्यक्तिलाई कर्मचारी राखेको समेत प्रालिका अध्यक्ष अधिकारीले आरोप लगाए ।

धादिङबेसी पुछार बजार, बीचबजार र काठमाडौ माछापोखरीमा टिकट राखी यातायात सेवा संचालन गरेको ग्रामिण यातायात प्रालिमा अहिले १७ वटा वसहरु शनिबार सम्ममा ग्रामिण यातायात सहकारी छाडेर प्रालिमा आवद्ध भएका छन् ।

१० जना व्यवसायीहरु मिलेर संचालनमा आएको ग्रामिण यातायात प्रालिमा आवद्ध व्यवसायीहरुमा परेको यातायात भवितव्य दुर्घटनामा ७५ प्रतिशद दुर्घटना भएको समयमा र बाँकी रकम कागाजात प्रक्रिया पुरा भएपछि भुक्तानी गर्ने गरि विमा गरिने, टिप शुल्क मात्र ७२५ राख्ने, संस्था प्रवेश शुल्क १० हजार मात्र राखिने नीति प्रालिले बनाएको छ । ग्रामिण यातायातले प्रति टिप शुल्क भन्दै प्रति टिप शुुल्क ११२५ उठाउँदै आएको छ ।

त्यसोत, धादिङ यातायात र ग्रामिण यातायातमा भन्दा भारी न्यून शुल्क संस्था प्रवेश खुल्ला गरेको हो । ग्रामिण यातायातले संस्था प्रवेशमा १ लाख ६५ हजार, संस्था भित्रको गाडी कुनै व्यक्तिले खरीद गरि चलाएमा पुन फेरि २५ हजार लिने गरेकोले व्यवसायीहरु सहकारी छाडेर प्रालि तिर आउन थालेको समेत अध्यक्ष अधिकारीले बताए ।

हामी उच्चतम सुविधा यात्रुलाई दिँदै पूर्ण सुरक्षित सेवामुखी रुपमा व्यवसायीहरुको मनोवल बढ्ने गरि प्रा.लि.लाई अगाडी बढाउँछौ । बस रहुन् जेल यस प्रालिमा रहेको सदस्य गाडी नहुने वित्तिकै पद मुक्त हुने नीति बनाएका छौ उनले भने ।