फुलखर्कमा बृहत् साँस्कृतिक तथा चेतनामुलक सडक नाटक

Avatar photo
Dhadingpost
भदौ २९, २०७५

कृष्ण राना मगर
धादिङ भाद्र २९ ।
धादिङको गंगा जमुना गाउँपालिका अन्तर गत फुलखर्कमा नेपालीहरूको महान चाड हरितालिका तीजको पावन अवसरमा तीज विशेष बृहत् साँस्कृतिक तथा चेतनामुलक सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।

गंगाजमुना ५ फुलखर्कको मण्डली मा वि मा बिहिबार सम्पन भएको उक्त कार्यक्रमको हातेमालो समाज नेपालले आयोजना गरेको थियो ।
समाजका अध्यक्ष ,रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गंगाजमुना गाउँ पालिका उपाध्यक्ष एन्जिला तामाङको प्रमुख आतिथ्यता तथा सहास नेपालका इल्लिप परियोजना प्रमुख पंफा गुरुङको विशेष आतिथ्यता रहेको थियोे ।

गंगाजमुना वडा नं ५ का वडा अध्यक्ष रामचन्द्र अधिकारी र विभिन्न संघसंस्थाको प्रमुख तथा प्रतिनिधि, पाटी प्रतिनिधि, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा तिज गीत नृत्य प्रतियोगिता अन्तर्गत प्रथम हातेमालो समाज नेपाल, द्वितीय सिर्जनशील युवा समाज,तृतीय जगदम्बा महिला विकास समुह ,सान्त्वना भगवती महिला समुह भएका छन् ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश पाँच हजार, चार हजार, तीन हजार र दुई हजार नगत सहित प्रमाण पत्र द्वारा पुरस्कृत गरेको थियो ।

कार्यक्रममा लाखे समेत नचाइनुका साथै स्थानीय भेषभुषा र सँस्कृति झल्किने नृत्य, सँमाजिक विभेदीकरण सचेतनामुलक बाल विवाह न्युनिकरण विषयमा नाटक समेत प्रस्तुत गरिएको थियो ।