
धादिङ भाद्र २८ । धादिङको धुनीबेसी नगरपालिका वडा नं. ७ खानिखोला स्थित मछिन्द्र माध्यामिक विद्यालयमा भएको तीज विशेष सांकृतिक कार्यक्रममा हजारौ दर्शकको उपस्थिति रहेको थियो ।
राष्ट्रिय कलाकाहरुको वेजोड प्रस्तुती रहेको उक्त तीज विशेष कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा धादिङका नेता रामबहादुर भण्डारीले गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेता भण्डारीले मुलक आर्थिक समृद्धि तर्फ अगाडी बढी सकेको बताएका थिए ।
निराशा हुनुपर्ने कारण केहि छैन विकास र सुशासनले गति लिन्छ र सुशासन र आर्थिक पारदर्शिता का लागि स्थानिय सरकारहरुलाई खवर्दारी गरि रहनु पर्ने समेत भण्डारीले बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु चर्चित गायक बद्रि पंगेनी, इन्द्र जि.सि., घमेश दुलाल, राम थापा शिशिर, बिन्दा सुन्दास, रुपक परियार, गीतादेवि, मन्जु गौतम महादेव त्रिपाठि लगायतका कलाकारहरुले दर्शकहरुलाई भर पुर मनोरञ्जन दिएका थिए ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा इन्टर नेशनल वादो फेडेरेशन नेपाल जिल्ला कार्यसमिति धादिङको आयोजनामा भएको उक्त कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यलयका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्य कर्ता, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो । तस्वीरः सुरेश आचार्य
