धादिङको चरौदीमा भव्य तीज विशेष कार्यक्रम फोटो फिचर

Avatar photo
Dhadingpost
भदौ २७, २०७५

धादिङ भाद्र २८ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चरौदीमा भव्य तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चरौँदी समाज सुधार युवा क्लवद्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो।

कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले पर्व विशेष, कला संस्कृति जोगाउने विषयमा गाउँपालिकाले नीति नै तय गरेको बताएका थिए । उनले भाषाभाषीको पहिचान साथै लोक संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धन गर्न आफु प्रतिवद्ध रहेको बताउँदै आगामी वर्षदेखि चरौदीको कार्यक्रमका लागि आर्थिक सहयोग बढाएर लाने समेत प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमा स्वागत मन्तव्य राख्दै चरौँदी समाज सुधार युवा क्लवका अध्यक्ष संगित सुवेदीले चरौदी बजारमा विगत केहि वर्ष देखि नियमित रुपमा तीज विशेष कार्यक्र हुँदै आएको र आगामी वर्षहरुमा पनि चरौंदीमा नै तिज विशेष कार्यक्रम हुने बताएका थिए ।

हरेक साल नयाँ नयाँ कलाकारको जमघट गराउने गरेको चरौँदी समाज सुधार युवा क्लवले आज राजन गुरुङ, वसन्त थापा, रमिला न्यौपाने, गायीका तथा मोडल रितु तामाङ, कुसल बेलबासे, शिला गुरुङ, पुर्षोतम भण्डारी लगायतका कलाकारहरुलाई मञ्चमा उतारेको थियो ।

कार्यक्रममा फोटो पत्रकार नारायण सिलवालद्वारा कैद गरिएको दृष्यहरु