राष्ट्रिय शिक्षा दिवस सम्पन्न, धादिङ बाेर्डिङ उत्कृष्ट

Avatar photo
Dhadingpost
भदौ २३, २०७५

संजय देवकाेटा,
धादिङ भाद्र २३ ।
निलकण्ठ नगरपालिकाले मानाएकाे
राष्ट्रिय शिक्षा दिवसमा धादिङ आवासीय माध्यामिक सबैभन्दा उत्कृष्ट बनेकाे छ ।

२०७४ काे एईई परीक्षामा विषयगत रुपमा उत्कृष्ट जिपिए प्राप्त गर्न सफल विद्यालयका विषय शिक्षकहरुलाई सम्मानित हुनेमा धादिङ आवासीय माध्यमिक विद्यालयका अङ्ग्रेजी विषय शिक्षक सैलेश अधिकारी, सामाजिक विषय शिक्षक प्रकाश गुरुङ, जनसङख्या विषय शिक्षक दिपक श्रेष्ठ, नेपाली विषय शिक्षक लोकनाथ रिजाल, गणित विषय शिक्षक सुरेन्द्र शाह परे सगै धादिङ बाेर्डिङ उत्कृष्ट बनेकाे हाे ।

एस इ इ परीक्षामा विज्ञान विषय बाहेक सबै अनिवार्य विषयमहरुमा धादिङ आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट जिपिए प्राप्त गरेको छ । यसैगरी वर्ष ७४ को कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई पनि सम्मान गरिएको हो ।

दिवसमा धादिङ आवासीय माध्यमिक विद्यालयकी अस्मिता लम्साल, नीलकण्ठ माध्यमिक विद्यालयका ईशान श्रेष्ठ लगाएत ११ जना विद्यार्थीहरुलाई सम्मानित समेत भएका छन् ।

समाजवाद उन्मुख सम्वृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार भन्ने मूला नाराका साथ ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस धादिङमा पनि भव्यताका साथ सम्पन्न भएको छ ।

नीलकण्ठ नगरपालिका धादिङले २०७४ साल माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट जिपिए ल्याउन सफल तथा वर्ष २०७४ मा नगरपालिकाद्धारा सञ्चालित कक्षा ८ को परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्न सफल सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी र विषय शिक्षकहरुलाई सम्मान गरेको छ ।

नगरपालिकाको सामाजिक विकास समिति संयोजक कल्पना रेग्मीको सभापतित्वमा आयोजित कार्यक्रममा मेयर भिम ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिमा उप मेयर मनराज भण्डारी रहेका थिए ।

एस इ इ परीक्षामा विज्ञान विषय बाहेक सबै अनिवार्य विषयमहरुमा धादिङ आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट जिपिए प्राप्त गरेको छ । यसैगरी वर्ष ७४ को कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई पनि सम्मान गरिएको हो ।