
धादिङ भाद्र २२ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा भएकाे डान्स प्रतियाेगिता एड्भान्स एकेडेमिले चुमेकाे छ ।
निजी विद्यालयहरुकाे संस्था नेशनल प्याब्सन धादिङ र प्याब्सन धादिङ (पान्काे) काे डान्स प्रतियाेगिता एड्भान्सले चुमेकाे हाे ।

पान्काे धादिङद्वारा शुक्रबार एड्भान्स एकेडेमिमा भएकाे अन्तर विद्यालय नृत्य प्रतियोगिता पान्को धादिङका सम्योजक इश्वरी प्रसाद पाण्डेको सभापतित्व तथा शिक्षा विकास तथा समन्वय इकाइ धादिङ का निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता सम्पन्न थियाे ।
कार्यक्रममा धादिङबेसि भित्र रहेका ८ संस्थागत विद्यालयका विद्यार्थीहरुको प्रश्तुती रहेको थियो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु विचको उक्त प्रतियोगिताको उपाधी एड्भानस एकेडेमीले जित्न सफल भएको छ। दोस्रो स्थान चिल्ड्रेन पार्क, तेस्रो न्यु धादिङ बोर्डिङ स्कुल हुन सफल बहेको छ ।

बेस्ट कोरिओग्राफी रोज मेरि चाइल्ड क्यर बोर्डिङ स्कुल, बेस्ट मेक अप आधारशिला पाठशाला , बेस्ट ड्रेस अप सुङगाभा एकेडेमी बेस्ट एक्स्प्रीसन न्यु किवो बोर्डिङ स्कुल बेस्ट ग्रुप कोर्डिनेसन धादिङ बोर्डिङ स्कुल ले पाएको छ। विजयी हरुलाइ नगद प्रमाण पत्र तथा ट्रफी द्वारा पुरस्कृत गरिएकाे शिक्षक एवम् फाेटाे ग्राफर रामकुमार श्रेष्ठले बताए ।

