
धादिङ भाद्र २२ । धादिङबेसिमा स्थित सुनगाभा एकेडेमिमा सम्पन्न भएकाे प्याब्सन धादिङकाे वक्तृत्वकला प्रतियाेगितामा धादिङबेसि स्थित चिल्ड्रेनपार्क प्रथम र गजुरि स्थित मुनाल एकेडेमि दितिय भएका छन् ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा प्याब्सन धादिङले अायाेजना गरेकाे उक्त प्याव्सन सग अावद्ध विद्यालय स्तरिय प्रतियाेगितामा सिपिका १४६ अंक ल्याई प्रथम र मुनालले १४२ अंक ल्याई दितिय भएका थिए ।
प्रतियाेगितामा ब्राईट फ्युचर एकेडेमि तृतिय र एड्भान्स एकेडेमि र सुनगाभा एकेडेमि सान्ताेना भएका थिए ।
प्याब्सन धादिङका सह काेषाध्यक्षकाे काेर्डिनेटमा भएकाे उक्त प्रतियाेगितामा प्याव्सन केन्दका उपाध्यक्ष शान्तविक्रम बानियाकाे प्रमुख अातित्थ्यता र सुनगाभा एकेडेमिका रामहरि अधिकारिकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।
